२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

सिटी होटलको आईपीओ बाँडफाँट, १६ हजार ७४० जनाले पाए सेयर

सिटी होटलको आज(मंगलबार) आईपीओ बाँडफाँट भएको छ। सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको थियो।

यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताले सेयर हात पारेका छन्। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस आईपिओका लागि कुल १९ हजार ७४८ जना आवेदकले आवेदन दिएकामा ९ जनाको आवेदन रद्द भएको हो।

वैदेशिक रोजगारीमा रहेका आवेदकहरुले बिक्री प्रबन्धकको वेबसाइट र सिटी होटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन्। साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com