२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

यी चार कम्पनीको सेयरमा मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सांग्रिला डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, साना किसान विकास लघुवित्त र आशा लघुवित्त वित्तीय संस्थाको सेयरमा मूल्य समायोजन गरेको छ।

यस अघि नेप्सेमा अन्तिम सेयर कारोबार ३३८ रुपैयाँमा भएको सांग्रिला डेभलपमेन्ट बैंकको ८.५३४ प्रतिशत बोनसपछिको सेयरमा मूल्य समायोजना भएको हो। सेयर मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ३११ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ।

यस्तै, नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ४३३५ रुपैयाँमा भएको साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३०४९.९१ रुपैयाँ कायम हुने गरी सेयर मूल्य समायोजन भएको छ।

यसैगरी, नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार १११९ रुपैयाँमा भएको साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८८८ रुपैयाँ १० पैसा कायम हुने गरी सेयर मूल्य समायोजन भएको छ।

त्यस्तै, नेप्सेमा कम्पनीको अन्तिम सेयर कारोबार ८६० रुपैयाँमा भएको आशा लघुवित्तको १४.२९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७५२ रुपैयाँ ५० पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com