२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

९.१८ अंकले घट्यो नेप्से, ६२ करोड २ लाख रुपैयाँमाथिको कारोबार

साताको कारोबारको चौथो दिन आज(बुधबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१९ अंकले घटेर ३५५.८३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड २ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।

कारोबारको आधारमा ३ करोडभन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा हिमालयन डिस्टिलरी र हिमाल दोलखा हाइड्रोपावरको रहेका छन्।

आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र सनराइज ब्लु चिप फन्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com