थ्रीस्टार हाइड्रोपावरको आइपीओ बाँडफाँड, कसरी हेर्ने ?

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ। कम्पनीले बैशाख ११ गतेदेखि २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७३ हजार ८७५ कित्ता आइपीओ विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ७ हजार ३८७ जना आवेदकलाई सम्पूर्ण कित्ता आइपीओ जेठ १६ गते बाँडफाँड गरिएको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै आयोजना प्रभावित स्थानीयमा समेत आइपीओ विक्री गरेको थियो ।
स्थानीयमा भने कम्पनीले वैशाख ११ गतेदेखि जेठ ९ गतेसम्म आईपीओ विक्री गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको ४ लाख ९२ हजार ५०० कित्ता आइपीओ भने बाँडफाँड गर्न बाँकी छ ।
स्थानीयमा समेत बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणमा आइपीओ विक्री गर्नेछ । कम्पनीको आइपीओ विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।