२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मुक्तिनाथ कृषि कम्पनीको आईपीओ भर्ने अन्तिम दिन आज

काठमाडौं। आज मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेकालाई आइपीओ बिक्री गरि बाँडफाँड सकेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com