२०८० मंसिर १८ - Mon Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १८
Mon Dec, 2023

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्तको १ करोड १७ लाख ७७ हजार ४३७.८३२८ कित्ता सेयर सूचिकृत भएको छ।

पुनर्बीमा कम्पनीको ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर सूचिकृत भएको हो।

प्रुडेन्सियल इन्स्योरेन्सको ३.३२५ प्रतिशतले हुन आउने ३ लाख ९४ हजार ३ सय ९२ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३.३२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

डिप्रोक्स लघुवित्तको १० प्रतिशतले हुन आउने १३ लाख ८७ हजार ४ सय ९८.३३२८ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

निर्धन उत्थान लघुवित्तको १९ प्रतिशतले हुन आउने ४१ लाख ७० हजार ५ सय ४७.५ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com