नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान नर्भिक अस्पतालमा उपचारको क्रमममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उनलाई पार्किन्सन्सको समस्या थियो। युरिया उच्च देखिएका कारण अस्पताल भर्ना गरेको थियो। उनको स्वास्थ्य अवस्था जटिल देखिएपछि आइसियुमा राखेर थप उपचार गरिरहेको बेला आज बिहान उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । उनी २०१३ वैशाख १४ देखि २०१७ माघ २५ सम्म नेपाल राष्ट्र बैंकमा गभर्नर थिए।