२०८१ बैशाख १ - Sat Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १
Sat Apr, 2024

प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स बीच मर्जरको सम्झौता

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र आइएमई जनरल इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका छन् । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिने छ। दुवै कम्पनीको शेयर अनुपात स्वाप रेसियो क्रमश १ः१ कायम रहने गरी सम्झौता भएको हो।

आइएमई ग्रुप र विशाल ग्रुप बीच याे पहिलाे साझेदारी भने हुने छैन। यी दुबै व्यापारिक गृहकाे इमर्जिङ नेपाल लिमिटेड, रेटिङ एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेड लगायतका कम्पनीमा संयुक्त लगानी रहेकाे छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com