३.२९ अंकले बढ्यो नेप्से, ६४ करोड १ लाखमाथिको सेयर कारोबार

साताको कारोबारको तेश्रो दिन आज(मंगलबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ३४९.०० विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बाहेक सबै उपसूचक बढेको छ।
कारोबारको आधारमा आज ५ करोड भन्दा बढीको कारोबार गरी एनआईसी एशिया बैंकको अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा शिभम् सिमेन्ट र नबिल बैंक रहेका छन्। मंगलबारको कारोबारमा आत्मनिर्भर लघुवित्त र माया खोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, माई खोला हाइड्रोपावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।