२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

एभरेष्ट बैंकको ७ लाख ४६ हजार ८३० कित्ता ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज(बुधबार)एभरेष्ट बैंकको ऋणपत्र सूचीकृत भएको छ। एभरेष्ट बैंकको १० वर्ष अवधिको “एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र–२०८९” नाममा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ४६ हजार ८३० कित्ता नेप्से सूचीकृत भएको छ।

यो ऋणपत्र लक्ष्मी क्यापिटल मार्केटमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो। यस ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत ब्याजदर पाइनेछन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com