२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयरपछिको सेयर मुल्य समायोजन भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले सो कम्पनीको सेयर मूल्य समायोजन गरेको हो ।

आज कम्पनकिो अन्तिम कारोबारको सेयर मूल्य १८९ रुपैयाँको आधारमा ७५ प्रतिशत हकप्रद सेयर निष्काशनपछिको मुल्य १५१ रुपैयाँ १४ पैसा कायम गरेको छ । सोही मूल्यको आधारमा कम्पनीको कारोबार खुल्नेछ ।

कम्पनीले हालको पुँजी १ अर्ब ६० करोडको प्रति सेयर अंकित रु १०० को दरले १ कित्ता सेयर बराबर ०.७५ कित्ता अर्थात् ७५ प्रतिशत अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर निकाष्शनको गर्न लागेको हो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com