बन्दीपुर केबलकारले २५ लाखबढि कित्ता आईपीओ जारी गर्ने

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता आईपीओ जारी गर्ने भएको छ। सो आईपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गर्ने छ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेन्टबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केबलकारका तर्फबाट अध्यक्ष रामचन्द्र शर्माले हस्ताक्षर गरेका छन्।
नेपाल एसबिआई मर्चेन्ट नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।