२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

नेप्सेमा कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार सुरु

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज(बिहिबार)देखि कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार सुरु भएको छ।कालिन्चोक दर्शन लिमिटेडको ‘केडीएल’ र एसियन हाइड्रोपावरको ‘एएचएल’ संकेतमा कारोबार सुरु भएको हो।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ। उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ। नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो ।

यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ। सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ। नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो।

नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो। कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com