राताम्मे सेयर बजार, १८.१५ अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९० अङ्कले घटेर ३६१.०१ बिन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।
आज २१ करोड ७४ लाखभन्दा बढीको कारोबार गरी एनआईसी एशिया बैंक अग्रिम स्थानमा रहेको छ भने कारोबारको आधारमा दोश्रो हुने सिद्धार्थ बैंक र हिमालयन डिस्टिलरी रहेका छन्।
मायाखोला हाइड्रोपावर र एशियन हाइड्रो पावरका लगानीकर्ताले आजको कारोबारमा अत्यधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्त र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।