२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने

ग्लोबल आइएमई बैंकले ५ वर्ष अवधिका लागि ५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएकां छ । ५ वर्ष अवधिको ११.२५% ब्याजदर भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ जारी गर्न लागेको हो । बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मुल्याम्मा ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्न लागेको हो।

जारी गर्ने ऋणपत्रमध्ये बैंकले ३० लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । आवेदनकर्ताले फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com