२०८१ बैशाख २८ - Fri May, 2024 -

Biz Suchana

२०८१ बैशाख २८
Fri May, 2024

साताको अन्तिम दिन ३२.३० अंकले बढ्यो नेप्से परिसूचक

साताको कारोबारको अन्तिम दिन आज(बिहीबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६६ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४७ करोड ४७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचक बढेका छन्।

कारोबारको आधारमा आज ८ करोड ६३ लाखभन्दा बढीको कारोबार गरी नेपाल दूरसंचार कम्पनीअग्रिम स्थानमा रहेको छ भने शिभम् सिमेन्ट र एनआईसी एशिया बैंक दोश्रो स्थानमा रहेका छन्।

बिहीबारको कारोबारमा हिमालयन उर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ। यी दुई कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र हिमालयन बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com