२०८१ बैशाख २३ - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख २३
Sun May, 2024

१९.११ अंकले घट्यो नेप्से, ९५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) सेयर बजार घटेको छ। आज नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अङ्कले घटेर ३५८.१४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ।

कारोबारको आधारमा आज ४ करोडभन्दा बढीको कारोबार गरी शिभम् सिमेन्टको अग्रिम स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र तारागाउँ होटलको दोश्रो स्थानमा छन्। आजको कारोबारमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र प्रभु ऋणपत्रका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र अपार सोलु हाइड्रो इलेक्ट्रीका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com