२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

तिन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज (बिहिबार) अन्तिम दिन रहेको छ। आजसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नुका साथै सभामा भाग लिन पाउनेछन्।

लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ भने ज्योति विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश गरी कुल ६.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.४० प्रतिशत बोनस सेयर र कर तिर्न ०.६५२६ प्रतिशत नगद लाभांश गरी कुल १३.०५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com