२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

३०.७७ अंकले घट्यो नेप्से, १ अर्ब ३९ करोडमाथिको कारोबार

साताको कारोबारको पहिलो दिन आज(आइतबार) नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ४.८६ अङ्कले घटेर ३६८.७० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

अपर हिमालयन डिस्टिलरी ८ करोड ४४ लाखभन्दा बढीको कारोबार गरी अग्रिम स्थानमा छरहेको छ भने कारोबारको आधारमा शिवम् सिमेन्ट र एसियन लाइफ इन्स्योरेन्स दोश्रो स्थानमा रहेका छन्। आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ।

सुपरमाई हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले कारोबारमा अत्याधिक कमाएका छन् भने अत्यधिक गुमाउनेमा सिमिलिंग पावर र आदर्श लघुवित्तका लगानीकर्ता रहेका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com