२६.४८ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३३ करोडमाथिको कारोबार

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा पुगेको हो।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार गरी अपर हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ भने दोस्रोमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंक दोश्रो स्थानमा रहेका छन्।
बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा बुद्ध भुमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आईएमई लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।