इङ्वा हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

इङ्वा हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इङ्वा हाइड्रोपावरलाई १८ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन अनुमति दिएको हो।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा कुल१८ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। यस आइपिओमा निष्काशन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।