२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

महुली लघुवित्तको १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा

महुली लघुवित्त वित्तीय संस्थाले १३ हजार ७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले ४ जना संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।

संस्थाको यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र सप्तरीको महुलीस्थित संस्थाको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको मितिभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य सर्वसाधारण तथा संस्थालाई सेयर बिक्री खुला गरिने पनि संस्थाले जनाएको छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com