२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

आजदेखि मोलुङ हाइड्रोपावरको आइपीओ

मोलुङ हाइड्रोपावरले आज (बिहीबार)देखि आइपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले २७ लाख २८ हजार ५०० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

त्यस्तै बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०% अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

आवेदकहरुले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिने उक्त आइपिओ सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com