२०८० मंसिर २० - Wed Dec, 2023 -

Biz Suchana

२०८० मंसिर २०
Wed Dec, 2023

उपकर लघुवित्तले सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने

शुक्रबार बसेको उपकर लघुवित्त वित्तीय संस्था संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ६५ प्रतिशत लाभांश दिने भएको छ। बैठकले २०७८/७९ को मुनाफाबाट ६१.७५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित ३.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ६१.७५ प्रतिशतले हुन आउने ४ करोड २३ लाख ५ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर र ३.२५ प्रतिशतले हुन आउने २१ लाख ३२ हजार ८ सय रुपैयाँबराबरको नगद लाभांश बितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुने संस्थाले जनाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com