२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

१७.७० अंकले बढ्यो नेप्से, १ अर्ब ३८ करोड २७ लाखमाथिको कारोबार

साताको कारोबारको दोस्रो दिन आज(सोमबार) सेयर बजार बढेको छ। आज नेप्से परिसूचक १७.७० अंकले बढेर १९०६.०० विन्दुमा पुगेको छ भने ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०४ अङ्कले बढेर ३५८.०३ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४३ लाख ०८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड २७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। आजको कारोबारमा १३ वटै उपसूचकमध्ये माइक्रोफाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ।

कारोबारको आधारमा आज ५ करोड ९० लाखभन्दा बढीको कारोबार गरी हिमालयन डिस्टिलरी अग्रिम स्थानमा रहेको छ भने जीवन विकास लघुवित्त र नबिल बैंक दोश्रो स्थानमा रहेका छन्।

आजको कारोबारमा मायाखोला हाइड्रोपावर र एशियन हाइड्रो पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक नेपाल लघुवित्त र सिर्जनसिल लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com