५.२० अंकले घट्यो नेप्से परिसूचक

साताको कारोबारको तेस्रो दिन आज(मंगलबार) सेयर बजार घटेको छ। मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७३ अङ्कले घटेर ३५१.९७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६४ कम्पनीको २९ लाख ७१ हजार ९४७ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। मंगलबारको कारोबारमा १३ वटै मध्ये ६ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ।
त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एसिया बैंक र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको कारोबार भएको छ।
आजको कारोबारमा कालिनचोक दर्शन र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्रभु बैंक ऋणपत्र र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।