२०८० मंसिर १२ - Tue Nov, 2023 -

Biz Suchana

२०८० मंसिर १२
Tue Nov, 2023

एसियन लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.५ प्रतिशत बोनस सेयर दिने भएको छ। बैठकले बोनसमा लाग्ने कर तिर्नको लागि ०.४४७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने भएका छन्।

कम्पनीका अनुसार प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गर्ने छ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com