२०८० मंसिर १७ - Sun Dec, 2023 -

Biz Suchana

२०८० मंसिर १७
Sun Dec, 2023

छ्याङदी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने

छ्याङदी हाइड्रोपावर कम्पनीले शतप्रतिशत मात्रै हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको थियो ।

कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर, नियामक निकाय विद्युत नियमन आयोगले स्वीकृति नदिएपछि कम्पनीले १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरिसकेको छ । विद्युत् नियमन आयोगको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट समेत स्वीकृति पाएपछि हकप्रद निष्काशन गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com