२०८१ जेष्ठ ८ - Tue May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ८
Tue May, 2024

सेयर बजारमा छायो उत्साह, ६३.३४ अंकले बढ्यो

काठमाडौ, ७ साउन । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा निकै उत्साह देखिएको छ । यसैको सकारात्मक प्रतिक्रियास्वरुपः आइतबार नेप्से सूचक ६३.३४ विन्दुले बढेर २२२७.१६ अंकमा आएको छ ।

खरिदिबिक्री रकममा पनि नयाँ माहोल देखिएको छ । यस दिन ४ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

मौद्रिक नीतिमार्फत सेयर बजारलाई राहत दिने घोषणा गरिएको छ । जसअनुसार सेयर धितो कर्जामा विद्यमान जोखिमभार घटाइने भएको छ । यस्तै, ब्याजदर घटाउँदै जाने नीति पनि लिइएको छ । यही कारण आइतबार सेयर बजारमा उत्साह थपिएको हो ।

यस दिन २६६ कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८१ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ज्योति विकास बैंक र ग्लोलब आइएमई बैंक परेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com