२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ६
Sun May, 2024

आफ्नो कर्तव्य र निष्ठाबाट विचलित भएकी छैन : सांसद गौतम

काठमाडौं, २० भदौ। आफ्नो कर्तव्य र निष्ठाबाट विचलित नभएको सांसद सोविता गौतमले बताएकी छिन् । श्री कृष्ण जन्माष्टमीको अवसरमा सिनामंगलमा श्री पञ्च कुमारी मन्दिरको साम्प्रदायीक भवन तथा पानी पँधेरोको उद्घाटन कार्यक्रममा उनले आफू यही क्षेत्रबाट निवार्चित सांसद भएको भन्दै जुन कर्तव्यका साथ पठाइएको थियो त्यो कर्तव्य इमान्दार र कर्तव्य निष्ठ भएर पालाना गरिरहेको जिकिर गरिन् ।

उनले भनिन्, ‘तपाईहरुले जुन कर्तव्यका साथ मलाई निर्वाचित गराएर पठाउँनु भएको हो । त्यो कर्तव्यमा आजसम्म निष्ठावान तरिकाले आफ्नो भूमिका निर्वाह गरिरहेको छु जस्तो लाग्छ । मेरो कर्म मैले इमान्दार भएर निभाएको छु ।’ कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले, २ करोडमा प्रशंसा योग्य काम भएको भन्दै खुसी व्यक्त गरे ।

उनले भने, ‘यो सरकारले बनाएको भए २ करोडमा एउटा सानो बन्थ्यो सकिन्थ्यो। तर २ करोडले यती धेरै काम बन्द रहेछ भन्ने कुरा थाहा भयो । २ करोड एउटा आस्थाको आधारमा उठेको रहेछ र त्यसले यस्तो राम्रो काम भएको रहेछ यो एउटा उदाहरणीय काम हो ।’

उनले मन्दिरको शिलालेखमा आफ्नो नाम पनि रहेको भन्दै यसलाई भगवानले दिएको प्रमाणपत्रको रुपमा लिएको बताए । यस्तै, कलाकार दिपकराज गिरिले नेपालीको धेरै समय नै आशन ग्रहण र भाषणमा गएको भन्दै यस्तो काम बन्द गर्नुपर्ने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com