२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८ बस्ने बाराको निजगढकी ४३ वर्षीया सुष्माकुमारी खड्का छिन् ।

खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिन्छु र त्यसको लागि ११ लाख लाग्छ भनेर ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरी आएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाएको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com