२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

आयोग उपाध्यक्ष श्रेष्ठ र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता

काठमाडौं, २७ भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भयो । राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पछाडी परेका वर्गहरुको उत्थान साथै नेपालको पर्यटन क्षेत्रको विकास का लागि अष्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।

नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एक शैक्षिक गन्तव्य हो । नेपाली विद्यार्थीहरुको शिक्षा र सुरक्षाका लागि पनि अष्ट्रेलियाले काम गरिरहेको उनले बताइन् । उपाध्यक्ष श्रेष्ठले अष्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यबाद दिदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com