२०८१ जेष्ठ ७ - Mon May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ७
Mon May, 2024

बीवाईडीले गर्यो ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न

काठमाडौं । बीवाईडीले ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ । न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले तीन महिनामै ५० लाखदेखि ६० लाख उत्पादन गरेको हो ।

यससँगै कम्पनीले विद्युतीय सवारी उद्योगमा नयाँ रेकर्ड बनाउँदै द्रुत गतिको निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ । बीएओ ५ बीवाईडीको फ्याङ्चेङ्गबाओ उप ब्राण्ड अन्तर्गतको एसयूभी हो ।

बीवाईडीको विविध ब्रँड मैट्रिक्सहरुमा डाइनेष्टि र ओसियन सिरिज, फ्याङ्चेङ्गबाओ, डेन्जा र याङ्वाङ् जस्ता विभिन्न ब्राण्डहरु उपलब्ध छन् । गत अक्टोबरमा मात्रै बीवार्ईडीले तीन लाखभन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै मासिक बिक्री रेकर्ड हाँसिल गरेको थियो ।

२०१० बाटै बीवाईडीले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधनहरुको विद्युतीकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ । बीवाईडीको विद्युतीय साधनहरु अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी सहरहरुमा सञ्चालन छन् ।

न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा बीवाईडीले आफ्नो पहुँच बढाएको छ । हाल कम्पनीले ५८ देशका विभिन्न क्षेत्रमा २ लाखभन्दा बढी ग्राहकहरु बिक्री गरिसकेको छ ।न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशहरु अग्रस्थानमा रहेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com