२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

आईपीओ निष्काशनको ‘पाइपलाइन’मा २० कम्पनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आईपीओ निष्काशनका लागि विभिन्न ११ कम्पनी अनुमति कुरेर बसेका छन् ।नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा हकप्रद सेयर निष्कासनका लागि १० वटा जलविद्युत् कम्पनी र एउटा विकास बैंकले अनुमतिको प्रतिक्षामा छन् । जसअनुसार ती कम्पनीहरु ११ अर्ब रुपैयाँको ११ करोड १६ लाख ८९ हजार ५२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजनामा छन् ।

ती कम्पनीको लामो समयदेखि हकप्रद सेयर निष्कासनको लागि अनुमति पर्खेर बसेका छन् ।छ्याङदी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्न भन्दै सेबोनमा निवेदन दिएको छ । उक्त कम्पनी १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने योजनामा छ । कम्पनीले ३८ करोड रुपैयाँको ६९ लाख ७७ हजार ५०० रुपैयाँको ३८ लाख ६९ हजार ७७५ कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल रहेको छ ।

यसैगरी सिंगटी हाइड्रो इनर्जीले १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँको १ करोड ४५ लाख कित्ता हकप्रद जारी गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ । कम्पनीले १ः१ अनुपातमा १ अर्ब ८६ करोड ७६ लाख ६२ हजार ६०० रुपैयाँको १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

त्यस्तै, हिमालय ऊर्जा विकास कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैकिंङ क्यापिटल रहेको छ । त्यस्तै रिडी पावर कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

लिबर्टी इनर्जिले भने ७५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।त्यस्तै न्यादी ग्रू्रप पावरले १ करोड ८५ लाख१२ हजार ७९२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । यसैगरी आँखुखोला जलविद्युत् कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ठ बैकिङ लिमिटेड रहेको छ ।

त्यस्तै बरुण हाइड्रोपावरले ५३ लाख ५८ हजार१५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने योजना बनाएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ लिमिटेड रहेको छ । यसैगरी घलेम्दी हाइड्रोले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । त्यस्तै नारायणी डेभलप्मेन्ट बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com