२०८१ बैशाख २९ - Sat May, 2024 -

Biz Suchana

२०८१ बैशाख २९
Sat May, 2024

आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमीः घर घरमा नाग टाँसिदै

काठमाडौ, ४ भदौ । आज श्रावण शुक्लपक्ष अर्थात नागपञ्चमी । आजका दिन हिन्दु धर्मावलम्बीहरूले विशेष विधिपूर्वक दूध, दही, धूप, दीप, नैवेद्य चढाएर घरको दैलामा अष्ट नाग साथै गँगटो, बिच्छी जस्ता विषालु जीवको मूर्ति अकिंत तस्वीर विशेष पूजासहित टाँस्ने चलन छ । यसरी विधिपूर्वक नागपूजा गरेर घरको दैलोमा टाँस्दा सर्पले नडस्ने, घरमा आगो र चट्याङको डर नहुने जनविश्वास पनि रहँदै आएको छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने गरिन्छ ।

नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरको ढोकामा टाँस्नाले सर्पको भय हुदैन भन्ने मान्यता रहेको छ । नाग रिसाए भने पानीको अभाव हुने हुँदा सम्पूर्ण जीव, जगत अप्ठ्यारोमा परेको बेला नागले पानी पारेर सबैको रक्षा गरेको कुरा किंवदन्तीमा पाइन्छ । बहुमूल्य मणिलाई शिरमा धारण गरेको नागलाई शिव, विष्णु, गणेश, गोरखनाथ, कृष्ण मत्स्येन्द्र नाथका कथामा समेत प्रसङ्ग जोडिएको कारण नाग र नागपञ्चमीको महत्तव बढेको बताइन्छ ।

काठमाडौं उपत्यकामा भने नाग रिसाए भने चोभारमा पहिरो जाने र पहिले जस्तै उपत्यकामा पानी जम्ने र समस्या आउन सक्छ भनेर नागलाई विधिपूर्वक पूजाअर्चना गर्ने गरेको किंवदन्ती छ । नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । उपत्यकाका नागपोखरीमा रहेका नागका मूर्तीमा दुध खुवाउने चलन छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com