बजेट एकांकी ढंगले निर्माण भएकाले यसले आशा जगाउन सकेन : राजेन्द्र लिङ्देन

काठमाडौ, २५ जेठ । करको दर र दायरा अन्धाधुन्ध चलाइएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । आज आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि प्रस्तावित बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष लिङ्देनले बजेट एकांकी ढंगले निर्माण भएको र यसले आशा जगाउने काम गर्न नसकेको बताएका छन् ।
उनले चालु आर्थिक वर्षमा राजश्व उठेन भनेर अर्थमन्त्रीले करको दर र दायरा बढाउने कोसिस गरेको भन्दै करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम गरिएको बताएका छन् । उनले भने, यसले एकातिर कर बढ्ने देखिन्छ भने अर्कोतिर नकारात्मक प्रभाव पर्छ ।’ हवाइ टिकटमा कर, पाँचतारे होटलमा विलासिता कर, कृषिजन्य वस्तुमा करले नकारात्मक प्रभाव पर्नसक्ने उनले बताए ।