२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै

काठमाडौं, १६ असार । आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदैछ। नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ सालमा १६ असारको दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

यस दिवसको अवसरमा पूर्वसांसद मञ्चले काठमाडौँमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्दैछन ।यसैगरी, संसदीय मामिला पत्रकार समाजको आठौं अधिवेसन सुरु भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त अधिवेसन सुरु भएको हो । सो अधिवेसनले नयाँ नेतृत्व चयन गर्दैछ । जसअनुसार नयाँ नेतृत्वका लागि सबिन धमला, तुल्सी सापकोटा, बिष्णु खडका, मनोज सत्यालले दाबी प्रस्तुत गरेका छन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com