यस्तो छ आजको सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज(शुक्रबार)का लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ। सार्वजनिक मूल्य अनुसार आज छापावाला सुनको मूल्य ४ सय रुपैयाँले बढेर १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३ सय १० रुपैयाँमा कारोबार भईरहेको छ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।