२०८१ बैशाख २ - Sun Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख २
Sun Apr, 2024

आदर्श लघुवित्तले घोषणा गर्‍यो पहिलो लाभांश

आदर्श लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले २०७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनसमा लाग्ने कर तिर्नको लागि १.०५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्तापुँजी २० करोड ७ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने ४१ लाख ४० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ८९४.७४ रुपैयाँबराबरको नगद लाभांश छन्।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com