आज प्रभु बैंकको १० करोड ७७ हजार कित्ता बढी सेयर सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज प्रभु बैंकको नाममा १० करोड ७७ हजार कित्ता बढी सेयर सूचिकृत भएको छ। नेप्सेको आजको निर्णयबमोजिम सेञ्चुरी कमर्सियल बैंकको १० करोड ७७ हजार १९८.८५ कित्ता सेयर प्रभु बैंकको नाममा सूचीकरण भएको हो।
योसँगै सेञ्चुरी कमर्सियल बैंकको सेयर अब प्रभु बैंकको नाममा कारोबार खुलेको छ। प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेको छ।