२०८१ बैशाख ३ - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख ३
Mon Apr, 2024

२.२७ अंकले घट्यो सेयर बजार

साताको कारोबारको अन्तिम दिन आज(बिहिबार) सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ। भने ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ।

आजको कारोबारको आधारमा ७ करोडभन्दा माथिको कारोबार गरी एभरेष्ट बैंक अग्रिम स्थानमा रहेको छ भने दोश्रोमा नबिल बैंक र शिभम् सिमेन्ट रहेका छन्।

आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल ग्रोथ फण्ड र एनएमबि ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com