२०८१ बैशाख १० - Mon Apr, 2024 -

Biz Suchana

२०८१ बैशाख १०
Mon Apr, 2024

४७.७५ अंकले बढ्यो शेयर बजार

काठमाडौं ।साताको पहिलो कारोबारको दिन शेयर बजारमा छाल आएको छ । गत साता पनि कारोबारको अन्तिम दुई दिन भने उकालो यात्रामै रहेको थियो । आज नेप्से परिसूक ४७ दशलमव ७५ अंकले बढेर १९०७ दशमलव ९५ को विन्दुमा कायम भएको छ । मौद्रिक नीतिको प्रथम त्रैमासको समिक्षामा पूँजी बजरका लागि लचिलो नीति आउने खबरहरुले लगानीकर्ताको मनोबल बढ्दा बजार बढेको हो ।

आज २१४ कम्पनीको ेशयर मुल्य बढेको छ भने २३ कम्पनीको मुल्य मात्रै घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज २९४ कम्पनीको ६५ लाख ३० हजार ६४३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको ७ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको ६ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर र भगवति हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आग यस कम्पनीका लगानीकर्ताले २ दशलमव ४७ प्रतिशतका दरले गुमाएका हुन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com