२०८१ बैशाख २७ - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २७
Thu May, 2024

रुसी विदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरबाट हतियार मागिरहेका छन्

काठमाडौं, ७ असोज । रुस र युक्रेन विरुद्ध संघर्ष जारी छ। दुवै देश एकअर्काविरुद्ध आक्रामक रहेका छन् । यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका रुसी विदेशमन्त्रीले सो युद्धका बारेमा टिप्पणी गरेका छन् । सो क्रममा उनले युक्रेन र अमेरिकामाथि खुलेर आक्रमण गरेका छन् ।उनी भन्छन्, ‘जेलेन्स्की शान्ति प्रक्रियामा मुलुकलाई लैजान भन्दा पनि उनी संसारभर पैसा र हतियार मात्र मागिरहेका छन् ।’

 शनिबार संयुक्त राष्ट्र संघको महासभा पछि पत्रकार सम्मेलनमा बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले शान्तिका लागि गरेको आह्वान यथार्थपरक नभएको बताए । ‘जेलेन्स्कीले रुससँगको वार्ता अवरुद्ध गर्न खोजेका छन तर रूस भने युक्रेनी सरकारसँग वार्ता गर्न तयार छ । यति हुँदाहुँदै पनि जेलेन्स्कीले संसारभरि पैसा र हतियारको लागि मात्र सोधिरहेको छ।’

लाभरोभले युक्रेनलाई समर्थन गर्ने सरकारहरू अहिले विश्वलाई नै लोकतन्त्र र निरंकुशतामा विभाजन गर्ने प्रयासमा संलग्न रहेको बताए। अमेरिका र त्यसका मातहतका पश्चिमी समूहहरूले निरन्तर द्वन्द्वलाई बढावा दिइरहेको उनको थप आरोप छ । यसले मानवतालाई विभाजित गर्ने रूसको भनाइ छ ।उनले आर्मेनिया र अजरबैजानबीच विश्वास पुनर्स्थापित गर्ने समय आएको बताए। रूसी सेना यसका लागि तयार छ र मद्दत गर्नेछ भन्न पनि छुटाएनन् ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com