२०८१ बैशाख २६ - Wed May, 2024 -

Biz Suchana

२०८१ बैशाख २६
Wed May, 2024

दुई संसदीय समितिको बैठक बस्दै, भावी सभापति बारे छलफल गरिने

काठमाडौं, २३ साउन । संघीय संसद अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा अन्र्तगतको पूर्वाधार विकास समितिको बैठक बोलाइएको छ । उता राष्ट्रिय सभा अन्र्तगत विधायन व्यवस्थापन समितिको पनि बौठक बिहान साँढे एघार बजेका लागि डाकिएको छ ।

सिंहदरबार स्थित पूर्वाधार विकास समितिको हलमा बस्ने बैठकमा स्वतन्त्र उर्जा उत्पादकहरुको समस्या र सोको समाधानका उपाएको सम्बन्धमा उर्जा,जलस्रोत तथा सिँचाई मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानाएको छ ।

छलफलमा उर्जा,जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेत सहित स्वतन्त्र उर्जा उत्पादक संघका प्रतिनिधिहरु सहभागि हुने छन् । यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतिय व्यापार विधेयक,२०८० माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com