२०८१ बैशाख २० - Thu May, 2024 -

Biz Suchana

२०८१ बैशाख २०
Thu May, 2024

अस्थायी युद्ध विराम भए पनि इजरायलले आक्रमण गरिरहेको छ : प्यालेस्टाइन

काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच अहिले अस्थायी युद्ध विराम भए पनि प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकमा शनिबार ६ प्यालेस्टाइनीको हत्या गरेको दाबी गरेको छ । प्यालेस्टिनी सशस्त्र समूहहरूको गढ रहेको जेनिन नजिकै रहेको काबातियामा २५ वर्षीय डाक्टरको घरबाहिर हत्या गरिएको दाबी गरेको हो ।

यसैगरी रामल्लाह नजिकै अल–बिरेहमा अर्का प्यालेस्टिनीको मृत्यु भएको छ । जेनिनमा चार व्यक्तिको मृत्यु भएको थियो । इजरायली सेनाले सहरमा प्रवेश गर्ने ठूलो संख्यामा सशस्त्र सवारी साधनहरूमा लक्षित गरेर गोली प्रहार गरेको जनाइएको छ । इजरायली अधिकारीहरूका अनुसार, हमासले गत महिना अक्टोबर ७ मा इजरायलमा सीमापार हमला गरेपछि वेस्ट बैंकमा हिंसा बढेको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com