२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ४
Fri May, 2024

शिख नेता खालिस्तानीको हत्या प्रकरणः क्यानडाले गर्‍यो भारतीय कूटनीतिज्ञलाई देश निकाला

काठमाडौं, २ असोज । एक शिख नेताको हत्या प्रकरणलाई लिएर क्यानडाले भारतीय भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।क्यानेडाली शिख नेता हरदीप सिंह निज्जरको हत्या प्रकरणलाई भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (आरएडब्ल्यू–रअ)का अधिकारी पवनकुमार राईलाई निष्कासन गरिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बताएकी छन् ।

यसअघि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय सरकारी एजेन्टको संलग्नताको आशंकामा सुरक्षा एजेन्सीले अनुसन्धान गरिरहेको बताएका थिए ।

सोमबार संसदमा सम्बोधन गर्ने क्रममा उनले भारत सरकारका एजेन्टले गत जुनमा निज्जरको हत्या गरेको बताएका थिए ।गत जुनमा क्यानडाको ब्रिटिश कोलम्बियाको एउटा गुरुद्वार नजिकै निज्जरको गोली हानेर हत्या भएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com