२०८१ जेष्ठ ५ - Sat May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ५
Sat May, 2024

प्रधानमन्त्री दाहाल आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका जाँदै छन् । साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनको अमेरिकास्थित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम तय भएको हो ।उनी चीनमा १९औँ एसियाली खेलकुदको उद्घाटनमा सहभागी हुनेछन् ।

उनको चीनका राष्ट्रपति सी चिनफिङसँग हाङझाउमा र ली छियाङसँग बेइजिङमा भेट गर्ने कार्यतालिका छ ।भ्रमणमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, स्वकीय सचिव गंगा दाहाललगायत सहभागी हुने छन् । उनी २५ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com