२०८१ बैशाख ३१ - Mon May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३१
Mon May, 2024

आईपीओ बिक्री गर्न सोनापुर मिनिरल्सलाई बोर्डको अनुमति

काठमाडौ, २१ साउन । नेपाल धितोपत्र बोर्डले सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडलाई प्रिमियम भाउमा आईपीओ बिक्री गर्न अनुमति दिएको छ । सोनापुरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख २०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई १०० रुपैयाँ फेस भ्याल्यूमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यस्तै, सर्वसाधारणलाई भने १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँको दरले आइपीओ बिक्री हुने भएको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com