२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Biz Suchana

२०८१ जेष्ठ ३
Thu May, 2024

पर्वतारोही प्रकाशराज पाण्डेले गरे माउन्ट किलिमञ्जारोको सफल आरोहण

काठमाडौं । अफ्रिकाको सर्वोच्च शिखर माउन्ट किलिमञ्जारोको नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले सफल आरोहण गरेका छन् । रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङमा जन्मिएका ३२ वर्षीय पाण्डेले ताञ्जेनियामा पर्ने ५ हजार ८ सय ९५ मिटर अग्लो सो शिखरको सफल आरोहण गरेका हुन् । स्थानीय समय अनुसार मंगलबार ९३१अक्टोबर २०२३० बिहान ६ः४० बजे उनले शिखर आरोहण गरेका हुन् ।

विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो । उनले सर्वोच्च शिखर सगरमाथा, रसियामा रहेको युरोपको शिखर एलब्रस आरोहण गरिसकेका छन् ।

पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डा तथा स्काउटको झण्डा फहराएका थिए । पाण्डेलाई किलिमञ्जारो आरोहणका लागि आवश्यक (गियर) सामग्री मकालु आउट फिट ब्राण्डले उपलब्ध गराएको थियो ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com