२०८१ बैशाख ३० - Sun May, 2024 -

Biz Suchana

२०८१ बैशाख ३०
Sun May, 2024

मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन् :  शेखर कोइराला

काठमाडौं, २ असार । ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् । उनले दिएको जानकारी मिश्रले सामाजिक सञ्जालबाट साझा गरेका छन ।

‘कांग्रेस नेता डा. शेखर कोइरालाले गज्जबको कुरा भन्नुभयो– ‘म राजालाई कहिल्यै ‘पूर्व राजा’ भन्दिन नि। मैले त भन्ने गरेको छु– हामी नेपाली अहिले रेलको गणतन्त्र, धर्म निरपेक्षता, राजसंस्था, हिन्दूराष्ट्र जस्ता अनेकौँ डिब्बामा चढेर यात्रा गरिरहेका छौँ। गन्तव्यमा चाहिँ एकजना मान्छे मुस्कुराएर पर्खिरहेछन् – ती हुन् ‘राजा ।’उनले अझ अगाडी लेखेका छन, ‘मैले सोधेँ, तपाईको यो भनाइ म उद्दरण गर्न सक्छु, उहाँले भन्नुभयो– किन नसक्नु ? मैले सार्वजनिक रूप मै भनेको कुरा हो यो।’

आफनो पुस्तक हस्तान्तरण गरेको तस्विरसमेत सार्वजनिक गर्दै मिश्रले उनको कोइरालाको धारणा बाहिर ल्याएका हुन । विचार भन्दा माथि देश, माहोल परिवर्तन हुँदैछ भनेर बुझ्दा कसो होला ? त्यसपछि उनले भने ।

समाचार
Company Information
Contact Information

Biz Suchana
Shree Tole, Basundhara, Kathmandu

9851099762
info@bizsuchana.com
www.bizsuchana.com